शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यूनाइटेड इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

बुधबार, ०७ माघ २०७७, १८ : २७
बुधबार, ०७ माघ २०७७

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्नो २६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभाले कम्पनीको आ.व.२०७७।०७८ को वित्तीय विवरणमा कुल बीमाशुल्क आम्दानी रु. ४८,८०,३३,४४५.६२ रहेको जनाएको छ । कम्पनीको खुद बीमाशुल्क आम्दानी  रु. २३,०७,५२,४२६.२० रहेकोमा खुद नाफा रु. २,२२,१२,१०२.५३ रहेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीको लगानी गत आ.व.को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु. ६९,८४,४२,१३१.७४ पुगेको छ । आ.व. २०७५।०७६ मा कम्पनीको कुल कारोवार गत आ.व. २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई रु. ४८,८०,३३,४४५.६२ बीमाशुल्क आर्जन गरेको छ । 

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७६।०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको छ । 

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गर्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप