शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु

बिहीबार, ०८ माघ २०७७, ०० : ४३
बिहीबार, ०८ माघ २०७७

दाङ  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौं पछिको ठूलो सिटी स्क्यान मेसिन जडान गरिएको छ । १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन जडान भइ सन्चालनमा आइसकेको छ । सिटी स्क्यान मेसिनको उद्घाटन नागरिक समाज दाङका संयोजक तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समाजसेवी चन्द्रराज पन्तले गरे ।

उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा. संगीता भण्डारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिका पूर्व संयोजक नारायण भुसाल, नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र राना, सरोकार समितिका सदस्य नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, सेनाका बाहीनिपति, अस्पतालका चिकित्सक, कर्मचारीहरुको व्यापक उपस्थिति रहेको थियो ।

 संयोजक पन्तले यस क्षेत्रमै नरहेको ठुलो क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिन उद्घाटन भइ सन्चालनमा आएकोमा आफू अत्यन्तै खुसी रहेको र आफुलार्इ सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने अवसर दिएको प्रतिष्ठानका उपकुलपति लगायत पदाधिकारीलाई विशेष धन्यवाद दिएका छन् । उनले उपकुलपति भण्डारीको कार्यकालमा अस्पतालमा अत्याधुनिक उपकरण, चिकित्सक थप्नुका साथै विशेषज्ञ सेवा थपेर जनतालाई सेवा दिन थालेकोमा पदाधिकारीको प्रसंशा समेत गरे ।  जनताले छोटो समयमा  अत्याधुनिक मेसिनबाट सामान्यदेखि मुटुसम्मको सिटी स्क्यान गर्न सकिने भएकाले यो राम्रो प्रबिधि भएको पनि उनले बताए । 

त्यस्तै प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीले आफ्नो कार्यकालमा सकेसम्म जनतालाई सेवा दिने गरि अस्पतालको सेवा विस्तारमा जोड दिएको बताउँद्र्यै पछिल्लोपटक चिकित्सक, उपकरण  थपेर  सेवा दिने कुरा नै आफ्नो मुख्य प्राथमिकता रहेको बताइन् । । उपकुलपति भण्डारीले आफ्नो पालामा संस्थाको बलियो फाउण्डेसन बनाउन जोड दिएको र त्यो अनुसार सफलता पाउँदै गएको चर्चा गर्दै व्यक्ति को आउँछ, जान्छ भन्दा पनि संस्थाको विकासमा राजनीति नगरि सघाउन सबैलाई आह्वान गरिन् । जागिरको शिलशिलामा आफू दाङको सेवा गर्न आएको भन्दै दाङ बनाउने कुरामा जो सुकै पार्टीका नेता भएपनि बलियो एकता हुनुपर्ने धारणा उनले राखिन् । उनले अस्पतालमा चिकित्सकको संख्या २० जना पुगेको जानकारी दिइन् ।  करिब ७ करोड लागतमा उक्त सेवा सञ्चालन गरिएको हो । 

उता, नेपाल नेत्रज्योती संघ दाङले सञ्चालन गरेको घोराही आँखा उपचार केन्द्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेर विशेषज्ञसहितको सेवा सुरु भएको छ । संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वामित्व र जिम्मेवारिसहित केन्द्र हस्तान्तरण गरेको हो ।  दुई जना नेत्र विशेषज्ञसहितको सेवा अव सर्बसाधारणले पाउने र आँखाको शल्यक्रियासमेत सञ्चालन हुने नेत्र विशेषज्ञ प्रज्ञा बस्नेतले जानकारी दिइन् । बस्नेतले आँखाको स्नातकोत्तर पढाइ पनि छिट्टै हुने बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप