शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूतको जन्मदिनमा कंगनाले गरिन् यस्ता ट्वीटः मानिसहरुले सोधे, ‘लाज लाग्दैन ?’

बिहीबार, ०८ माघ २०७७, १० : २०
बिहीबार, ०८ माघ २०७७

सुशान्त सिंह राजपूतको जन्मदिनमा उनका प्रशंसक, आफन्त र परिवारले उनलाई सम्झिरहेका छन् । सोसल मिडियामा सुशान्तको नाम एकपटक पुनः ट्रेन्ड भइरहेको छ । अब कंगना रानौतले सुशान्तको जन्मदिनमा केही ट्वीट गरेकी छिन् । यी ट्वीटमा उनले यशराज, महेश भट्ट र करण जोहरको नाम पनि लिएकी छिन् । कंगनाले यस्तो गरेपछि उनी निकै रिसाएकी छिन् । 

कंगनाले मुभी माफियामाथि साँधिन् निशानाः

कंगनाले पहिलो ट्वीटमा लेखेकी छिन्, ‘प्रिय सुशान्त, मुभी माफियाले तिमीलाई प्रतिबन्ध गरे, तनाव दिए, सोसल मिडियामा तिमीले थुप्रै पटक मद्दत माग्यौ र मलाई पछुतो छ कि मैले तिमीलाई साथ दिन सकिनँ । काश मैले यो नसोचेको भए कि तिमी आफैंमा माफियाको टर्चर झेल्ने शक्ति छ । काश.... ह्याप्पी बर्थडे ।’

यशराज र करणलाई पनि समेटिन्ः

त्यसपछिको अर्को ट्वीटमा उनले लेखेकी छिन्, ‘यशराज फिल्म्सले आफूलाई प्रतिबन्ध गरेको सुशान्तले बताएका थिए । यो कुरा कहिले पनि नबिर्सनु । उनले भनेका थिए कि करणले उनलाई ठूलो सपना देखाए र उनको फिल्मलाई लात मारे । त्यसपछि संसारको अगाडि भन्दै हिँडे कि सुशान्त फ्लप एक्टर हुन् । कहिले पनि नबिर्सनु होस् कि महेश भट्टका सबै बच्चा डिप्रेस्ड हुन् तर पनि सुशान्तको परबीन बाबीको जस्तै मृत्यु हुनेछ भनेर भन्दै हिँडे । यी सबै मिलेर सुशान्तलाई मारियो । सुशान्तले मृत्यु अघि सोसल मिडियामा कुराकानी गर्दा यो सबै आफैं लेखेका थिए । कहिले पनि नबिर्सनुहोस्, कहिल्यै पनि ।’

अन्त्यमा लेखिन्, ‘सुशान्तको जीवन सेलिब्रेट गर्नुहोस्’

अर्को एउटा ट्वीटमा उनले लेखे, ‘हरेक कुराबाट माथि उठेर सुशान्तको दिनलाई जीवनको उत्सवको रुपमा सेलिब्रेट गर्नुहोस् । कसैलाई पनि तपाईं राम्रो हुनुहुन्नँ भनेर भन्न नदिनुहोस् । आफूभन्दा बढी कसैलाई पनि विश्वास नगर्नुहोस् । लागुऔषध समाधान हो भन्नेहरुलाई छोडिदिनुहोस् ।’

कंगनाको ट्वीटमा प्रशंसक पनि रुष्टः

कंगनाका यी ट्वीट सुशान्तका प्रशंसक र सोसल मिडिया प्रयोगकर्तालाई फिटिक्कै चित्त बुझेन । कतिले प्रश्न उठाएका छन् कि सुशान्तले यस्तो कहिले भने ? यस्तै जन्मदिनमा पनि नकारात्मक टिप्पणी गरेको भन्दै धेरैजना कंगनासँग रिसाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप