शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाइडेनको सपथ समारोहमा छायो लेडी गागाको लुक

बिहीबार, ०८ माघ २०७७, १० : ४१
बिहीबार, ०८ माघ २०७७

बुधबार अमेरिकाले आफ्नो ४६ औं राष्ट्रपति पाएको छ । जो बाइडेनको सपथ ग्रहण समारोहमा थुप्रै हस्तीको उपस्थिती रह्यो र आफ्नो प्रस्तुतीले सबैको मन जित्न सफल पनि भए । 

यो सूचीमा पप स्टार लेडी गागाको नाम आउनु स्वभाविक छ । गायिकाले आफ्नो भिन्न शैलीमा प्रस्तुती दिइन् र सधैं झैं उनी चर्चामा आउने सिलसिला जारी रह्यो । 

लेडी गागाले बाइडेनको सपथ समारोहमा अमेरिकाको राष्ट्रगान गाएकी थिइन् । उनले बुलन्द आवाजमा जब अमेरिकाका राष्ट्रगान गाइन् तब सबैले उनलाई मात्रै हेरिरहे । 

हुन त सपथ समारोहमा लेडी गागाको लुकको पनि निकै चर्चा रह्यो । गायिकाको पहिरनको पनि धेरैले चर्चा गरे । 

गायिकाले आफ्नो पहिरनमा परेवाको ब्याच पनि लगाएकी थिइन् । लेडी गागाले यसलाई शान्तिको प्रतिकको रुपमा यसलाई लगाएकी थिइन् । 

उनले सोसल मिडियामा यो ब्याचको फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘जैतुनको हाँगासहित एउटा परेवा ।’

गायिकाको हेयरस्टाइलले पनि धेरैको ध्यान खिचेको थियो । उनले आफ्नो कपालमा कालो रङको रिबन लगाएकी थिइन् । यस्तै गागाको रातो रङको लिपस्टिकले पनि उनको सुन्दरतालाई बढाएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप