शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्ब्याजी ऋण उपलब्ध गराउँदै गण्डकी प्रदेश : यसरी दिन सकिन्छ आवेदन

बिहीबार, ०८ माघ २०७७, ११ : ५५
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । गण्डकी प्रदेश सरकारले कोभिड प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । प्रदेश सकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएको आर्थिक प्याकेज अनुसार नै अतिप्रभावित व्यवसायीहरुलाई उक्त ऋण उपलब्ध गराउने भएको हो ।

प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि २०७७ पारित गरिसकेको छ । सो कार्यविधि अनुसार कोभिड–१९ बाट अतिप्रभावित मुलुकको पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका पहिलो प्राथमिकतामा परेका छन् ।

उल्लेखित क्षेत्रका व्यवसायीहरुको हकमा ५० लाख वा सो भन्दा कम कारेबार गर्ने व्यवसायीहरुलाई उक्त ऋण उपलब्ध गराइने प्रदेश सरकारले जनाएको छ ।

ऋणका लागि व्यवसायीहरुले आगमी माघ २१ गतेदेखि फागुन २० गतेसम्म आवेदन दिनसक्ने छन् ।

यसरी दिन सकिन्छ आवेदन

प्रदेश सरकारले प्रदेशमा उपलब्ध बैङ्क वा बैङ्क साखामा उपलब्ध हुने गरी ऋण आवेदन खुल्ला हुने व्यवस्था गरेको छ । व्यवसायीहरुले आफुलाई पायक पर्ने नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, एनआइसी एसिया, प्रभु, ग्लोबल आइएमइ, लक्ष्मी, कुमारी, सिद्धार्थ, माछापुच्छ्रे, मेगा, प्राइम, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, नेपाल बंगलादेश बैङ्क, एनसीसी बैङ्क, सिभिल बैङ्क र सनराइज बैङ्कमा ऋणका लागि आवेदन दिन सकिने छन् ।

यद्यपी ऋणका लागि आवेदन दिने व्यवसायीले गण्डकी प्रदेशभित्र नै व्यवसाय चलाएको वा उद्यम व्यवसाय गरेको हुनुपर्नेछ ।

यसका साथसाथै ऋणका लागि कुनै बैंकिङ कसुरमा वा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको हुनु हुँदैन । स्थायी लेखा नम्बर चाहिन्छ भने आवेदन दिने मितिसम्म उद्यम थालेको एक बर्ष पुरा भएको हुनु पर्ने प्रदेश सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप