‘जिन्दगी नै’मा सारा र आर्यनको रोमान्स
बिहीबार, ०८ माघ २०७७, १४ : १४
काठमाडौं । गायक समुन्द्र खतिवडाको स्वर, संगीत र शब्दमा रहेको गीत ‘जिन्दगी नै’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा उर्गेन दोङले संगीत संयोजना गरेका छन् ।
सारा निरौला, आर्यन राई, समुन्द्र र कविताको अभिनय रहेको भिडियोमा रोहित विक्रम कार्कीको छायाँकन र अर्जुन भण्डारी निर्देशन छ ।
सफल मोसन पिक्चरमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा समुन्द्र खतिवडाको कला निर्देशन छ ।