बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कियारा आडवाणीको ड्रेस देखेर मानिसहरुले सोध्न थाले, ‘पेटीकोट किन लगाएकी ?’

बिहीबार, ०८ माघ २०७७, १४ : १९
बिहीबार, ०८ माघ २०७७

कियारा आडवाणीले बी–टाउनमा एउटा ठूलो छाप छोडेकी छिन् भन्ने कुरामा कुनै दुई मत छैन । कुनै फिल्ममा सोझी युवतीको भूमिका निभाएर होस् वा कुनैमा स्टाइलिस बेब बनेर उनी थुप्रैको प्रिय बनिसकेकी छिन् । कहिलेकाँही कियारा आफ्नो फेसन गेमले पनि चर्चामा आउने गर्छिन् । 

प्रशंसकलाई मन परेन कियाराको यो कपडाः

कपडाका लागि कियारा आडवाणीको रुची निकै साधारण छ । उनी लयर्ड असेम्बल यानी क्रप टप–फ्लेयर्ड, र्याप ड्रेसेस, मोनोक्रोमेटिक को–ओर्ड सेट र एथलेबिकिंग जस्ता स्टाइलिस सिल्हूट्सलाई धेरैभन्दा धेरै लगाउन मन पराउँछिन् । तर यति हुँदा हुँदै कियाराले केही भिन्न गर्ने लोभमा फेसन ब्लन्डर गरिरहेकी हुन्छिन् । 

हालै उनी यस्तैको शिकार भएकी छिन् । कियाराले लगाएको पहिरन आकर्षक हुँदा हुँदै पनि प्रशंसकलाई यो रत्तिभर पनि मन परेन । किरायाले आफ्नो २७ औं जन्मदिनमा लगाएको कपडाले धेरैको ध्यान आकर्षित गरेको छ । 

आफ्नो जन्मदिनको पार्टीका लागि कियाराले फेशन लेबल जाराको सेतो ट्रेन्डी को–ओर्ड सेट छानेकी थिइन् जसलाई उनले ह्वाइट च्यानलसँग स्टाइल गरेकी थिइन् । यद्यपि, ड्रेससँग कियाराको स्टाइलिङ निकै दमदार थियो तर उनलाई यो ड्रेस खासै सुहाएको भने थिएन । कियाराले आफ्नो लुकलाई स्टाइलिस बनाउका लागि सेतो रङको सेपरेट्स लगाएका थिए जसमा म्याचिङ ब्रालेटसहित एंकल लेन्थ स्कर्ट पनि समावेश थियो । 

कियाराको ब्रालेट र स्कर्टमा एकै खालको साटन फ्रेब्रिक प्रयोग भएको थियो जुन हेर्दा निकै सिल्की थियो । 

ब्यागमा सबैको नजरः

कियाराको पहिरनका साथै उनको ब्यागमा पनि धेरैको नजर गएको थियो । कियाराको यो ब्यागमा गोल्डन लेयरिङ चेन थियो । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार कियाराले बोकेको यो ब्यागको मूल्य ३.५ लाख भारु हो । 

कियाराको यतिबेलाको तस्बिर सार्वजनिक भएपछि यसबारे थुप्रैले धेरैथरी कमेन्ट गरे । कतिले उनको यो ड्रेसलाई पेटिकोट बताए त कतिले उनलाई ब्याग राम्रोसँग बोक्न सल्लाह दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप