बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना खोप लगाएका ६ सय जनामा देखियो साइड इफेक्ट

बिहीबार, ०८ माघ २०७७, १५ : ११
बिहीबार, ०८ माघ २०७७

एजेन्सी । १६ जनवरीमा खोप लगाउने काम सुरु भएयता भारतमा झन्डै ६ सय जनामा साइड इफेक्ट देखिएको छ । केही राज्यबाट खोप लगाएपछि मृत्यु भएको समाचार पनि बाहिरिएका छन् । यद्यपि, पोस्टमार्टम रिपोर्टले खोपकै कारण उनीहरुको मृत्यु नभएको देखाएको छ । 

यसबारे प्रतिक्रिया दिँदै भारतमा स्वास्थमन्त्री डाक्टर हर्षवर्धनले खोप पुरै सुरक्षित र प्रभावकारी रहेको बताएका छन् । उनले साइड इफेक्ट देखिनु सामान्य रहेको प्रतिक्रिया दिएका छन् । कुनै पनि खोपमा साइड इफेक्ट देखिने उनले बताए । उनले भने, ‘यो दूग्र्भायपूर्ण छ कि केही मानिसहरु राजनीतिक फाइदाका लागि खोपबारे गलत कुरा फैलाइरहेका छन् । जसकारण, केही मानिसहरु खोप लगाउन डराइरहेका छन् । सरकार यो चाहदैंन कि खोपपछि कसैमाथि गलत प्रभाव परोस् । सबैलाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो ।’ 

२० राज्यमा खोप लगाइयो 
भारतमा अहिलेसम्म ७ लाख ८६ हजार स्वास्थकर्मीले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् । खोप कार्यक्रमको पाँचौ दिन बुधबार साँझ ६ बजेसम्म २० राज्य र केन्द्रशासित प्रदेशमा १ लाख १२ हजार ७ जनाले खोप लगाए । स्वास्थ मन्त्रालयका अनुसार पाँचौ दिन (२० जनवरी) मा साइड इफेक्टका कुल ८२ घटना देखिए ।

दिल्लीमा ४, कर्नाटकमा २, उत्तराखण्ड, छत्तिसगढ, राजस्थान र पश्चिम बंगालमा एक–एकजनालाई अस्पताल भर्ना गर्नुपर्यो । दिल्लीमा एकजनाको उपचार हुँदैछ भने बाँकी तीनजना डिस्चार्ज भइसकेका छन् । कर्नाटकमा पनि दुईमध्ये एकजना डिस्चार्ज भइरहेका छन् । बंगालमा एक व्यक्तिको उपचार हुँदैछ । 

‘खोपका कारण कसैको मृत्यु भएको छैन’ 
खोपका कारण मृत्यु भएको रिपोर्टबारे स्वास्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ । मन्त्रालयका अनुसार उत्तर प्रदेश र तेलंगानामा १–१ र कर्नाटकमा दुईजनाको मृत्यु भएको खबर बाहिर आएको छ ।  यूपी–कर्नाटकमा मरेकाहरुको पोस्टमार्टम रिपोर्टले स्पष्ट गरेको छ कि मृत्युको कारण खोप नभएर अन्य समस्या हो । त्यस्तै,तेलंगानामा मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप