शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि बढ्यो नेप्से, बजार पुँजीकरण ३२ खर्ब नाघ्यो

बिहीबार, ०८ माघ २०७७, १५ : २१
बिहीबार, ०८ माघ २०७७

काठमाडौं ।  सेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । ११ दिनदेखिको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम दिन बिहीबार पनि वृद्धि भएको हो । 
यो दिन नेप्से परिसूचक २८.८९ अंकले बढेर २ हजार ३ सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । बजारमा आज १ करोड ७२ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३९ करोड पुगेको छ । 

यो दिनभर १ सय ७६ कम्पनीको कारोबार भएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये कारोबार हुँदा १ सय ३६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
१२ वटा उपसूचकमध्ये बिहीबार बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा क्षेत्रको वृद्धि सबैभन्दा बढी ४.९४ प्रतिशतले बढेको छ । 

यो दिन सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायत २३ कम्पनीको शेयरमूल्य भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकले भने आज सबैभन्दा बढी ६.८४ प्रतिशत मूल्य गुमाएको छ । 
समग्र बजार बढ्दा कुल बजार पुँजीकरण बढेर ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप