मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मांशाहारी आन्दोलनको कुरा ‘पाखण्डीपन’: रायमाझी

बिहीबार, ०८ माघ २०७७, १६ : १४
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । उर्जामन्त्री टोपबहादुर रायमाझीले सम्मृद्धिको यात्रामा हिँड्नुपर्ने बेलामा मांशाहारी आन्दोलन गर्ने धम्की दिनु ‘पाखण्डीपन’ भएको बताएका छन् ।  बिहीबार केपी शर्मा ओली निकट प्रेस संगठनको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन अघि ‘शाकाहारी आन्दोलनले नहुने’ भनेर दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै यस्तो बताएका हुन् ।   

‘आफ्नो सरकार आफैं ढाल्न खोज्ने एकथरी साथीहरु अहिले सडकमा शाकाहारी होइन मांशाहारी आन्दोलन गर्ने भनिरहनुभएको छ । यो जस्तो ठुलो पाखण्ड के हुन्छ ?’ मन्त्री रायमाझीले प्रश्न गरे । उनले प्रचण्ड–माधव पक्षको आन्दोलनलाई संकेत गर्दै ढुंगामुढाको बाटो हिँडेर कहीँ पनि नपुगिने बताए । 

ओलीलाई नेकपाको सर्वसम्मत नेता भन्दै उनले प्रचण्डमाधव पक्ष बाटो विराएर अन्तै गएपनि आउन आग्रह गरे । उनले कसैलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्न लाग्दैमा पार्टी प्यालेसमा गएर नहुने बरु विधिविधानमा चल्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप