बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरीको आइपिओ बाँडफाँड भोलि

बिहीबार, ०८ माघ २०७७, १६ : २६
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । चन्द्रागिरी हिल्सको आइपिओ शुक्रबार (माघ ९ गते) बाँडफाँड हुने भएको छ  । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका कै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुनेछ ।  कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ ।

चन्द्रागिरीमा माग भन्दा अत्यधिक आवेदन परेकोले शेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार १ सय १५ वटा मात्रै योग्य भएका छन्  । 

यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६ सय २ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ७१ हजार ५१३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन । चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ निष्काशन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप