शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायधीशको प्रश्नमा गगनको जवाफ : बहुमतप्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने हो

बिहीबार, ०८ माघ २०७७, १९ : १८
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले संविधानमै नभएको व्यवस्थाबाट संसद् भंग गर्नु प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र गैरराजनीतिक कदम भएको बताएका छन् । बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै थापाले संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै प्रधानमन्त्री ले संसद विघटन गर्नु असंवैधानिक भएको बताए।

‘संविधान पल्टाएर, बुझेर र जानेरै संविधानको धारा ७६ लेखेको हो। नशामा लठ्ठ परेर होइन,’ उनले भने।सर्वोच्च अदालते संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले संसद पुनःस्थापना भएपछि मात्र चुनावको कुरा गर्नुपर्ने बताए ।

संवैधानिक इजलासमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा के गर्ने भनेर प्रधानन्यायाधीशले बारम्बार प्रश्न गरेकोप्रति इंगित गर्दै थापाले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्यो र  सरकार चलाउदिन भन्यो भने के गर्ने भनेर सोध्नु भएछ । मलाई भित्रभित्र हुटहुटी लाग्यो । अदालतमा बहस गर्न पाएको भए के भन्थेँ लाग्छ भने म बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्छु, सरकार चलाउदिन भने के गर्ने भन्ने श्रीमानको प्रश्नमा मेरो उत्तर बहुमत प्रधानमन्त्रीले सरकार चलाउदिन भने घर जाने । घर बस्न मन नलागे वन जाने । हाम्रो संविधानले त्यही भन्छ ।''

थापाका अनुसार संविधानमा कहीँ कतै बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन  । सर्वोच्च अदालतले कुनै भ्रममा नपरी संविधान सम्झेर निर्णय गर्ने विश्वास आफूमा रहेको बताउादै त्यसबाहिर न्यायाधीश जान नहुने बताए । ‘बाहिर भएको हल्लाले प्रभाव नपारोस् । बन्द कोठाको खासखुसले पनि प्रभाव नपारोस्,’ उनले भने, ‘न्यायाधीशहरुलाई आफ्नो ड्युटी र कर्तव्यले मात्रै प्रभाव पारोस् । हामीले न्यायाधीशहरुलाई केही भनेका छैनौं,’ श्रीमानहरुले धर्म नछाडिसियोस् । न्याय नमारिसियोस् । संविधान बाहिर नगइसियोस् । यत्तिमात्र भनेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप