बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसद विघटनविरुद्धको प्रदर्शनले जनताको भावना अभिव्यक्त गर्‍यो  : देउवा

बिहीबार, ०८ माघ २०७७, २० : ०२
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापीरूपमा गरेको शान्तिपूर्ण प्रदर्शनले जनताको भावना अभिब्यक्त गरेको बताएका छन् ।

सरकारले गरेको संसद् विघटनलाई अलोकतान्त्रिक कदम आरोप लगाउँदै काँग्रेसले आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गरेको थियो । 

उनले आज एक विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीका गाउँ÷नगर वडा कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यसहित शुभचिन्तकमा बधाई ज्ञापन गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप