शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेयर रिना साहद्वारा १ सय ८ एकल महिलालाई ब्लैंकेटसहित न्यानो कपडा वितरण

बिहीबार, ०८ माघ २०७७, २१ : ११
बिहीबार, ०८ माघ २०७७

रौतहट । रौतहटको मौलापुर नगरपालिकाकि मेयर रिना कुमारी साहले १०८ जना एकल महिलालाई ब्लैंकेटसहित न्यानो कपडा वितरण गरेकी छिन् । 

मौलापुर नगरपालिकाको आर्थिक लगानी तथा जिल्ला बिपद ब्यवस्थापन समितिको सहकार्यमा वडा १ मर्यादपुरस्थित एक कार्यक्रमका बीच मेयर साहले उक्त न्यानो कपडा वितरण गरेकी हुन् ।

पछिल्लो एकसाता देखि चलेको सितलहरले बढेको चिसो बाट जोगिन मेयर रिना कुमारी साहले प्रत्येक एकल महिलालाई एक एकथान ब्लैंकेट, न्यानो टोपी,२ थान,मोजा ४ थान पंजा ४ थान र ओछ्याउन न्यानोहुने मैटृक्स दुई मिटरको दरले बितरण गरेको उनको सहयोगी सुमन यादवले जानकारी दिइन् ।

 कार्यक्रमका विशिष्ट अतिथी  रौतहटका सिडियो ईन्द्रदेव यादव र राष्ट्रिय अनुसंधानका एसपी  मुकुन्दबाबू खड्काले मौलापुर नगर प्रमुख रिना कुमारी साहले गरेको  कामको खुलेर प्रशंसा गरेका थिए ।

उक्त अवसरमा उपमेयर गौरीशंकर जयसवाल, नेकपा प्रदेश कमिटी सदस्य त्रिभुवन साह, समाजसेवी ठागा दासलगायतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप