शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छ प्रजातिका नयाँ चरा थपिए

शुक्रबार, ०९ माघ २०७७, ०८ : ०६
शुक्रबार, ०९ माघ २०७७

चितवन । चितवनमा गरिएको चरा गणनामा छ प्रजातिका नयाँ चरा थपिएका छन् । 

गत पुष २६ देखि माघ १ गतेसम्म गरिएको गणनामा छ प्रजातिका नयाँ चरा थपिएको बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए ।

उनका अनुसार गत वर्ष ५७ प्रजातिका चरा देखिएकोमा अहिले घटेर ५३ प्रजाति भेटिएका छन् । बिडारीका अनुसार डबलिङ, नर्थथिङ , ल्यापविङ , उवासेट, हुग्लिङकलसहित छ प्रजातिका चरा नयाँ देखिएका हुन् । 

तीमध्ये दुई प्रजातिका चरा केही वर्षअगाडि नदेखिएका र यस वर्ष देखिएका उनले जानकारी दिए । 

सिमसार क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको नदी तालतलाउमा गरिएको गणनामा भेटिएको चराविद् बिडारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप