शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षको काठमाडौँमा आज शक्ति प्रदर्शन : नौ स्थानबाट यसरी निस्कदैछ जुलुस

शुक्रबार, ०९ माघ २०७७, ०९ : १६
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागिबिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारीे छ ।

केन्द्रीय संघर्ष समितिले कार्यक्रममा तोकिएका स्थान र समयमा आइपुग्न पार्टी कार्यकर्ताहरुलाई कडा निर्देशन दिएको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकाल्ने नेकपाको तयारी छ ।

तोकिएका स्थानबाट स्थायी समितिका नेताहरुको नेतृत्वमा निस्कने जुलुुस रत्नपर्कतर्र्फ बढ्नेछ । माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् ।

डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन् ।

लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन् ।

देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु त्रिपुरेश्वरबाट निस्कने जुलसमा रहने छन् ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।

देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् भने वाल्मिकी क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन् ।

विभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ ।

त्यो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले  गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । तर प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै पुर्नस्थापनाका लागि सवै दलहरु आन्दोलमा होमिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप