सानिमा म्युचुअल फण्डको आईपीओ खुल्दै, कस्तो देखिएला लगानीकर्ताको आकर्षण ?
काठमाडौं । सानिमा क्यापिटलको दोस्रो क्लोज इन्डेड म्युचुअल फण्ड आजदेखि खुला हुँदैछ । ७ वर्ष अवधि रहेको ‘सानिमा लार्ज क्याप फण्ड’ को बिक्री शुक्रबारदेखि खुला गर्न लागेको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यो म्युचुअल फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बजारमा ल्याउन लागेको हो । शुक्रबारदेखि खुला हुने उक्त आईपीओको आवेदन मङ्गलबार बन्द हुनेछ ।
प्रति इकाई १० रुपैयाँ मूल्य रहेको उक्त आईपीओका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम १ करोड कित्तासम्मको लागि आवेदन दिनसक्ने जनाइएको छ । यो योजनाको प्रबद्र्धक भने सानिमा बैङ्क रहेको छ ।
म्युचुअल फण्डको आवेदन सेयरको आवेदनजस्तै आफ्नो डिम्याट खातासँग लिङ्क भएका बैङ्क वा मेरो शेयरबाट अनलाइनमार्फत् आवेदन गर्न सकिन्छ । सेयरजस्तै भए पनि म्युचुअल फण्डमा अलिक फरक छ ।
यस्तो फण्ड पुँजीबजारमा लगानी गर्ने उद्देश्यले आएको हुन्छ । कोषको सञ्चालन अवधिभर यसले बजारबाट प्राप्त नाफाको आधारमा लाभांश वितरण गर्छ । अवधि सकिएपछि कोषको मातहत रहेका सम्पूर्ण सेयर एवं चलअचल सम्पत्ति बिक्री गरेर इकाई धनीलाई आफूले होल्ड गरेको इकाई संख्याको आधारमा यस्तो सम्पत्ति बाँडफाँट गर्ने गर्छ ।
दोस्रो बजारमा लगानी गर्ने ज्ञान वा अनुभव नभएकाको लागि यस्तो फण्ड उपयुक्त हुन्छ । निश्चित अवधिका लागि सञ्चालन हुने भएकोले यस्तो इकाईमा बोनस सेयर नदिइ नगद लाभांश मात्रै दिने चलन छ ।
अहिले साधारण सेयरको आईपीओका लागि १५ लाखभन्दा बढी आवेदक देखिएको अवस्थामा म्युचुअल फण्डमा पनि यसको सकारात्मक प्रभाव पर्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा