
गायक ध्रुव केसीको निधन

काठमाडौं । गायक ध्रुव केसीको निधन भएको छ । गायक केसीको उपचारका क्रममा बिहीवार साँझ अर्किड केयर सेन्टर भैँसेपाटीमा निधन भएको साहित्यकार तथा सर्जक प्रकाश सायमीले जानकारी दिए ।
७५ वर्षीय केसी पार्किन्सन रोगले ग्रसित बिगत दश बर्षदेखि पिडित रहेका थिए । लामो समय मुम्बईमा रहेका उनले त्यहाँको विज्ञापनहरुमा समेत अभिनय गरेका छन् ।
‘मायालु हजार हुन्छन्’, ‘बगी जाने खोला’, ‘सबले भन्छन्’, ‘नरोऊ नरोऊ सककाइली मै जाने बेलामा’, ‘ तिम्रो माया कागजको रंगीचंगी फूलजस्तो’ लगायत एक समय थुप्रै चर्चित गीत दिएका केसीको बिहीबार साँझै अन्तेष्टि गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ