शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशका मुख्यमन्त्रीबिरुद्ध अविश्वास प्रस्ताव टेबल हुने

शुक्रबार, ०९ माघ २०७७, १० : ४०
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । शुक्रबार बस्ने वाग्मती प्रदेशको प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्धको अविस्वास प्रस्ताव टेबल हुने भएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेवल हुने नेकपा प्रचण्ड–माधव पक्षका सांसद राजेन्द्र पाण्डेले जानकारी दिए ।

प्रस्ताव टेबल भएपछि कहिले छलफलमा लैजाने भन्ने निर्णय हुने पाण्डेले बताए । यो प्रदेशमा अविश्वास प्रस्ताव पास वा फेल गराउन काँग्रेस कता उभिन्छ त्यतै निर्णय आउने देखिन्छ । अहिलेसम्म काँग्रेस अविश्वासको प्रस्तावको पक्ष वा विपक्ष कतैपनि खुलिसकेको छैन ।

नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा ओली र प्रचण्ड–माधव पक्ष गरी विभावित भएको छ । जसको असर ६ वटा प्रदेश सभामा प्रत्यक्ष देखिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप