ad
केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोरोनाको ‘एस्केप म्युटेसन’ भएको आशंकाः खोपलाई नै निष्प्रभावी बनाउने चिन्ता

कोरोनाको यो नयाँ रुप १२ देशमा फैलिसकेको छ

person explore access_timeमाघ ९, २०७७ chat_bubble_outline0

वैज्ञानिकहरुले कोरोना भाइरसमा त्यस्ता बदलाव भेटेका छन् जसले खोपको प्रभावकारीतालाई कमजोर पनि बनाउनसक्छ । भाइरसको यस बदलावलाई ‘ई४८४के’ नाम दिइएको छ । यो दक्षिण अफ्रिकामा दुई महिनाअघि पहिलोपटक पहिचान भएको कोरोनाको नौलो स्वरुपमा हो । अहिले यो रुप १२ अन्य देशमा फैलिसकेको छ ।

दक्षिण अफ्रिकाको सरुवा रोग राष्ट्रिय इन्स्टिच्युटका एशोसियट प्रोफेसर पेन्नी मुर्रेले यस बदलावलाई ‘खतराको घण्टी’ भनिन् । ‘मलाई डर छ कि यो बदलावको प्रभाव हुनसक्छ । र, कुन परिमाणमा यसको प्रभाव रहन्छ भन्ने हामीलाई थाहा छैन,’ मुर्रेले भनिन् ।

ई४८४के लाई ‘एस्केप म्युटेन्ट’ पनि भनिएको छ किनकी खोपले उत्पादन गरेका केही एन्डिबडिजले समात्न नसक्नेगरी भाइरसको यो स्वरुप उम्कन सक्छ । ‘म चिन्तित छु,’ अफ्रिका स्वास्थ अनुसन्धान इन्स्टिच्युटका भिरोलोजिस्ट एलेक्स सिगलले भने ।

ई४८४ म्युटेसनविरुद्ध कतै खोप कम प्रभावकारी त हुँदैन भन्नेबारे सिगल, मुर्रे र अन्य वैज्ञानिकहरु अध्ययनमा जुटेका छन्, अझै ल्याबमा आफ्नो काम पूरा गर्न बाँकी छ ।

अहिलेसम्मको अध्ययनले देखाएअनुसार ई४८४के ले कोरोना भाइरस खोपलाई प्रभावहीन बनाउँछ भन्ने विषयमा उनीहरुलाई ठूलो सन्देह छ । यद्यपी, बदलाव (आफैमा बदलाव वा अन्य धेरै बदलावसँग मिलेर) ले नयाँ स्वरुपविरुद्ध भ्याक्सिनको प्रभावकारीता कम गर्नसक्ने सम्भावना रहेको उनीहरुको बुझाइ छ ।

वैज्ञानिकहरुलाई यो पनि डर छ कि नोबेल कोरोना भाइरसले हाम्रो आँखैसामु परिवर्तन हुनसक्ने सामथ्र्य देखाइरहेको छ भन्ने संकेत  ई४८४के हुनसक्छ ।

यदी केही महिनाभित्र यो बदलाव सम्भव भयो भने अन्य समस्याग्रस्त बदलावहरुले पनि पछ्याउन सक्छन् ।  ‘खोपविरुद्धको लडाँइमा लामो यात्रा तय गर्ने क्रममा यो भाइरसले पहिलो कदम चालिरहेको हुनसक्छ,’ क्यालिफोर्नियास्थित स्क्रिप्स रिसर्चका स्ट्रक्चरल भिरोलोजिस्ट एन्ड्रियु वार्डले भने ।

‘यो लामो दौडको सुरुवात हुनसक्छ,’ मुर्रेले भनिन्,‘यही कुराले मलाई यसबारे हैरान बनाइरहेको छ । यो बिहानीको घण्टी हुनसक्छ ।’

नटेर्ने बच्चाजस्तो ‘एस्केप म्युटेन्ट’

ई४८४ के म्युटेसनले देखाएको सम्भावित खतरा बुझ्नका लागि हामीले हल्ला गरिरहेका पहिलो कक्षाका विद्यार्थीहरुसामु उभिएकी शिक्षिकीलाई सम्झौं । महिनौँसम्म कक्षाकोठालाई नियन्त्रणमा लिने प्रयासपछि अन्तत सबै विद्यार्थीलाई बेञ्चमा बसाल्ने काममा शिक्षिका सफल हुन्छन् । तर, केही समयलगत्तै एक बालकले कक्षा छाड्छन् र अर्कोले उनको ठाउँ लिन्छन् । यी नटेर्ने बच्चा बस्न मान्दैनन् । शिक्षिकाले बालबालिकालाई शान्त पार्नका लागि जे काम गरेकी छिन्, त्यो यसमा काम लाग्दैन ।

यहाँ शिक्षिका खोप हो र नटेर्ने विद्यार्थी ई४८४के म्युटेसन हो । जब खोपलाई अमेरिकामा गृष्मयाममा परीक्षण गरिएको थियो, तब भाइरसलाई घुँडा टेकाउन यो सफल देखियो । तर, त्यसयता भाइरसका भागहरु परिवर्तन हुँदै गएका छन् र कहिलेकाँही यी नयाँ भागले कुनै व्यवहार देखाउँदैन । 

यी नयाँ भागको परीक्षण गर्नका लागि सियटलस्थित फ्रेड हचिन्सन क्यान्सर सेन्टर र अन्यत्रका अनुसन्धानकर्ताहरुले कोभिड–१९ बाट निको भइसकेका बिरामीका ती प्लाज्मालाई प्रयोगमा ल्याए – ती बिरामीको एन्टिबडीजले ई४८४के र अन्य म्युटेसनहरुसँग जुध्न सक्छ कि सक्दैन भनेर हेर्नका लागि ।

भाइरसलाई तटस्थ बनाउने केही एन्डिबडिजको क्षमतामा ई४८४के केले चुनौती दिएको उनीहरुको खोजीबाट पत्ता लाग्यो । ई४८४के बारे ध्यान केन्द्रीत भएका बेला वैज्ञानिकहरुले अन्य स्वरुपका बदलावमा पनि नजर राखिरहेका छन् ।

नयाँ कदम खोपले सिर्जना गरेका एन्डिबडिजविरुद्ध यी बदलावको परीक्षण गर्ने हो । यही वैज्ञानिकहरुले यही काम गरिरहेका छन् र केही साताभित्रै यसको नतिजा घोेषणा गर्ने आशा छ ।

ब्राजिलको स्वरुपमा पनि भेटियो ‘एस्केप म्युटेन्ट’

ई४८४के दक्षिण अफ्रिकामा मात्रै भेटिएको छैन । भर्खरै ब्राजिलमा फैलिएको भाइरसमा पनि यो रुप देखिएको छ । अन्य देशहरुमा अहिलेसम्म यो स्वरुप रिपोर्ट भएको छैन । यद्यपि, जिआईएसएआइडी ( स्वतन्त्र डाटा शेयरिङ ईनिसियटिभ) का अनुसार  अहिले (यसको वैज्ञानिक नाम ५०१वाई.भी२ हो)बेलायत, बोत्सवाना, फ्रान्स, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड, जापान, स्विडेन, दक्षिण कोरिया, फिनल्यान्ड, आयरल्यान्ड र नेदरल्यान्डस्मा यो भाइरस पहिचान भएको छ ।

तर, यदी ई४८४के एक्लै वा यो स्वरुपमा हुने अन्य बदलावसँग मिलेर समस्याका रुपमा देखियो भने पनि खोपले उत्पादन गरका सबै एन्टीबडीहरुबाट यो स्वरुप उम्कन नसक्ने सम्भावना धेरै छ, खोपले धेरै एन्टीबडीज उत्पादन गर्ने कुरालाई ध्यानमा राख्दा यसो भन्न सकिन्छ ।

यदी, भाइरस बारम्बार परिवर्तन भइरह्यो भने के हुन्छ भन्ने विषयमा भने ठूलो चिन्ता हो ।

कोरोना भाइरस यति तीव्र रुप बदल्ने भाइरस भने होइन । खासमा, दक्षिण अफ्रिकी अनुसन्धानकर्तामध्येका एक सिगलले यसलाई निकै ढिलो परिवर्तन हुने भनेका छन् । तर, अहिले कोरोना विश्वभर तीव्र रुपमा फैलिरहेको छ र हरेकपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दा यसले परिवर्तन हुने अर्को मौका पाउँछ ।

‘यसले खोपसँग कसरी प्रतिरोधी हुने भनेर जान्नका लागि भाइरसलाई थप अवसरहरु दिन्छ,’ रकीफेलिर विश्वविद्यालयका भिरोलोजिस्ट पाउल बिइनियासले भने, ‘यो समयसँगै हुनेवाला छ । सायद, भ्याक्सिनको प्रभावकारी पनि कम हुनसक्ला । तर, हामी भोलि नै भीरबाट खस्दैछैनौँ ।’

‘यस्तो गलत व्यवहार कोरोनाभाइरसबाट अपेक्षा गरिएको थिएन, यसलाई तुलनात्मक रुपमा स्थिर ठानिएको थियो,’ सिगलले भने ।

‘यो भाइरसले साँच्चै हामीलाई देखाएको छ कि यसले एडप्ट गर्नसक्छ र भाग्नसक्ने सामथ्र्य पनि राख्नसक्छ,’ उनले भने,‘यो भिरोलोजीको पहिलो नियममा फर्कन्छ – ‘भाइरसलाई कम नआक्नुस् ।’

सीएनएन

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.