शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी एस२१ फोन नेपाली बजारमा, इपिक एक्सपिरियन्ससहित यस्ता छन् ग्राउन्ड ब्रेकिङ्ग फिचरहरु

शुक्रबार, ०९ माघ २०७७, १२ : ४९
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । सामसङ नेपालले हालै एस सिरिज अन्तर्गत ग्यालेक्सी एस२१, एस२१प्लस, एस२१ अल्ट्रा स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी इकोसिस्टम अन्तर्गत यि फोनहरुमा विभिन्न सुविधाहरु उपलब्ध छ । 

नयाँ एस२१ सिरिजमा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको छ । ग्यालेक्सी एस२१, एस२१प्लस, एस२१ अल्ट्रामा अन्य स्मार्टफोनहरुमा नभएका एवं अतुलनीय सुविधाहरु विद्यमान रहेका छन् । 

यसमा विभिन्न ग्राउन्ड ब्रेकिङ्ग फिचरहरु रहेका छन् । सामसङ ग्यालेक्सी एस२१, एस२१प्लसमा प्रो–ग्रेड क्यामरा तथा नयाँ एस२१ अल्ट्रा उपल्लो तहको विशेषताहरु रहेका छन् । यसमा एडभान्स प्रो ग्रेड क्यामरा तथा इन्टलिजेन्ट डिस्प्ले रहेको छ । 

“सामसङमा, हामीले निरन्तर नयाँ आविष्कारहरु गरी स्मार्टफोनको जगतमा नयाँ आयाम थपेका छौं । नयाँ एस२१ सिरिज यसैको अर्थपूर्ण आविष्कारको प्रमाण पनि हो । प्रयोगकर्ताहरुको दैनिक जिवनलाई अझै सहज एवं समृद्ध बनाएको छ र प्रयोगकर्ताहरुले के चाहनुहुन्छ त्यो भन्दा अझै बढी प्रदान गरिएको छ ।” सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले भने । 

आकर्षक डिजाइन एवं स्टाइल
ग्यालेक्सी एस२१ सिरिजले वास्तवमै एक नयाँ डिजाइन र बोल्ड नयाँ शैली प्रदान गरेर अरु स्मार्टफोन भन्दा पृथक बन्न पुगेको छ । एस२१ सिरिज सबै तीन स्मार्टफोनहरु आइकनिक डिजाइनको साथ बोल्ड एवं स्ट्राइकिङ्ग एस्थेटिक्सको साथ उपलब्ध रहेको छ । 

ग्यालेक्सी एस२१ अल्ट्रामा विशेष रूपमा कम्प्याक्ट ६.८ इन्च डिस्प्लेको प्रदान गरिएको छ । यसले इन्टेलिजेन्ट, एड्ज टु एड्ज डाइनामिक एएमओएलईडी २एक्स इन्फिनिटी ओ डिस्प्ले, सहज स्क्रोलिङ तथा उत्कृष्ट दृश्यावलोकनको लागि एडप्टिभ १२० एचजेड रिफ्रेस रेट तथा क्वाड एचडी प्लस डिस्प्ले रहेको छ ।  ग्यालेक्सी एस२१ र एस२१प्लस, एस२१ अल्ट्रामा आँखालाई थकान अनुभव नहुने विशेष आई कम्फर्ट सिल्ड पनि रहेको छ । 

ग्यालेक्सी एस२१, एस२१प्लस, एस२१ अल्ट्रा लुक्स एवं जीवन्त अनुभवका लागि उत्कृष्ट फिनिसिङ्ग गरिएको कम्पनीले जनाएको छ । आँखालाई लोभ्याउने खालको नयाँ सिग्नेचर कलर, फान्टम भ्वोइलेट रंग समायोजन गरिएको छ । साथै ग्यालेक्सी एस२१ अल्ट्राले पनि एक परिष्कृत एवं टाइमलेस लुक्सलाई समेटेको छ । यसका फ्यानटम ब्ल्याक ता फ्यानटम सिल्भर दुई रंगहरुमा उपलब्ध छन् । 

उत्कृष्ट एवं जीवन्त क्यामरा एवं भिडियो अनुभव
सबै नयाँ ग्यालक्सी एस२१ सिरिजले सामसङको क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामरा तथा भिडियो आविष्कारको साथ अगाडि बढाएको छ । जसले प्रत्येक सटहरु विशेष शटका रुपमा लिन मद्दत गर्दछ । ग्यालेक्सी एस२१ र ग्यालेक्सी एस२१ प्लस एआईद्वारा संचालित ट्रिपल–लेन्स प्रो–ग्रेड क्यामेराको साथ उपलब्ध छ जसले रचनात्मक नियन्त्रण प्रदान गर्दछ । 

एआई संचालित क्यामेराले विषयवस्तुलाई सहज रूपमा आँकलन गर्दछ र दृश्यअनुसार आफूलाई समायोजन गर्दछ र प्रयोगकर्ताहरूलाई जस्तो सुकै अवस्थामा पनि सही शटहरू लिने स्वतन्त्रता प्रदान गर्न मद्दत गर्दछ । यो सुधारिएको स्पेस जुम फिचरको साथ पनि उपलब्ध छ जुन हल्लिएको हातहरूको असरलाई न्यून गर्दछ र ३०एक्सको जुमको साथ स्पष्ट फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ ।  

एस२१अल्ट्रा सबभन्दा उन्नत प्रोग्रेड क्यामेरा सिस्टमका साथ उपलब्ध छ जुन  जस्तोसुकै प्रकाशको अवस्थाहरूमा पनि आश्चर्यजनक, स्टुडियोको जस्तै गुणस्तरीय तस्वीरहरू क्याप्चर गर्न सकिन्छ । यसले क्वाड रियर क्यामेरा (अल्ट्रा–वाइड, वाइड र डुअल टेलि–लेन्सहरू) उपलब्ध रहेको छ । जुन अपग्रेड गरिएको १०८ एमपि क्यामेरा साथ आउँदछ, जसले ६४ गुणा स्पष्ट कलरहरुको साथ १२ विट एचडीआर फोटो तथा ३ गुणा वाइडर डाइनामिक रेन्जमा फोटो खिच्न सक्दछ । एस२१ अल्ट्रा १००एक्स स्पेस जुुमको साथ पनि आउँदछ जुन सामसङकको पहिलो ड्युअल–टेलि लेन्स सिस्टमद्वारा संचालित हो । यसमा भएको इम्प्रुभ्ड ब्राइट नाइट सेन्सरले प्रयोगकर्तालाई कम लाइटको अवस्थामा पनि उत्कृष्ट एवं उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ । 

यस सिरिजमाा सामसङको आप्mनै अत्याधुनिक प्रोसेसर एक्सिनस २१००को प्रयोग गरिएको छ । नयाँ ग्यालेक्सी एस२१ सिरिज स्मार्टफोनले प्रयोगकर्तालाई नेक्स्ट जेनेरेसन कार्य क्षमता प्रदान गर्दछ । जसले प्रयोगकर्ताहरूलाई सम्पूर्ण ग्यालेक्सी इकोसिस्टममा पहुँच प्रदान गर्दछ । यसमा फोनमा अत्याधुनिक चिपसेट तथा  स्पिड इफिसियन्सीको समायोजन गरिएको छ । यसले फाइभ जी कनेक्शन तथा अन डिभाइस एआईलाई सपोर्ट गर्दछ । त्यसैले फोटो प्रोसेस, डप भिडियो रेकर्ड तथा गेमिङ्ग म्याराथोन तथा इडिट भिडियो जस्ता कार्यहरु सहजै सम्पादन गर्न सकिन्छ ।

त्यसैगरी, एस२१ अल्ट्रा फोनमा उच्चस्तरीय ५एमएमको नानो चिपसेटको समायोजन गरिएको छ । यसले गर्दा उत्कृष्ट कम्प्युटिङ्ग क्षमता, उच्चस्तरीय इनर्जी इफिसियन्सी तथा उच्चस्तरीय स्पीड प्राप्त गर्न सकिन्छ । एस२१ अल्ट्रा  फोनलाई ३० मिनेटमा ५०% चार्ज सहजै गर्न सकिन्छ ।

सामसङको नक्स भल्टद्वारा अझै सुरक्षित गरिएको छ । यसमा आफ्नै  चिपसेट (एसओएस) सेक्युरिटी प्ल्याटफर्म, टाम्पर रेजिस्टेन्ट सेक्युअर मेमोरी, सामसङ नक्स भल्टले एस२१लाई अतिरिक्त सुरक्षा प्रदान गरेको छ ।
एस२१ सिरिजमा प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्क सुरक्षाको लागि नयाँ टुल्सहरुको प्रयोग गरिएको छ । एस२१ सिरिजमा, प्रयोगकर्ताले अब सुरक्षित तरिकाबाट फोटोको मेटा डाटा लोकेशनलाई हटाउन सक्नुहुनेछ । साथै एस२१मा भएको प्राइभेट शेयर फंशनले प्रयोगकर्तालाई पठाएको कन्टेन्ट कति समयसम्म एक्सेस गर्न दिने हो त्यो तय गर्न पनि सकिन्छ ।

डिभाइसहरुमा हाइपर फास्ट कनेक्सन सुविधा
ग्यालेक्सी एस२१ अल्ट्रमा उत्कृष्ट प्रविधि जस्तै अल्ट्रा वाइड व्याण्ड तथा नयाँ कनेक्टिभिटी क्यापासिटीको प्रयोग गरिएको छ । यसले उपल्लो तहमा पुगेर सिर्जनशिलता एवं उत्पादनशिलता वृद्धि गर्न मद्दत गर्दछ । 

मूल्य, उपलब्धता तथा प्रि–बुकिङ्ग अफर 
नयाँ ग्यालेक्सी एस२१ अल्ट्रा १२/२५६ जीबीको मूल्य रु. १,५४,९९९ तथा ८/२५६जीबीको ग्यालेक्सी एस२१ प्लसको मूल्य रु. १,२९,९९९ र ८/२५६जीबीको ग्यालेक्सी एस२१को मूल्य रु. १,०९,९९९ रहेको छ । ग्यालेक्सी एस२१ अल्ट्रा दुईवटा रंग फ्यानटम ब्ल्याकर फ्यानटम सिल्भर रंगमा उपलब्ध रहेको छ भने ग्यालेक्सी एस२१ प्लस विभिन्न तीन रंगहरु फ्यानटम ब्ल्याक, फ्यानटम सिल्भर र फ्यानटम भायोलेट रंगमा उपलब्ध छ, त्यस्तै ग्यालेक्सी एस२१ दुई रंग फ्यानटम ग्रे र फ्यानटम भायोलेटमा उपलब्ध रहेको छ ।   

सामसङले यी सेटहरुको प्रि बुकिङ्ग यही जनवरी २२ तारिखदेखि फेब्रुवरी ४ तारिखसम्म खुल्ला गरेको छ । जनवरी २२ तारिखदेखि नेपाल अधिराज्यभर रहेका मुख्य मोबाइल स्टोर, ई–कमर्स प्लाटफर्म जस्तै दराज, स्मार्ट डोको, सस्तोडिल, ई–सेवा आदिबाट गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ । 

प्रि बुकिङ्ग गर्नुहुने ग्राहकहरुलाई सामसङले आकर्षक उपहार प्रदान गर्ने जानकारी समेत गरेको छ ।  

यसबाहेक, ग्यालक्सी एस२१ सीरिजका सबै प्रि–अर्डर गर्ने ग्राहकहरू विशेष भाग्यशाली ड्रको लागि पनि योग्य हुनेछन् । जसअन्तर्गत प्रथम पुरस्कार टर्कीस एयरलाइन्सबाट यूरोपको राउन्ड ट्रिप । दोस्रो तथा तेस्रो पुरस्कार हिमालयन फ्रन्ट होटेल वा वाटरफ्रन्ट रिसोर्टमा दुई जोडीले बस्न पाउनेछन् । चौथो पुरस्कारको लेट मी इनबाट रु. १०,००० मूल्य बराबरको गिप्mट भाउचर, पाँचौं पुरस्कारमा एक डिनर भाउचर दुई जनाले मेरियट होटलमा पाउनेछन् । अन्तमा, १० अतिरिक्त भाग्यशाली विजेताहरूले सामसुङ बाट ३ ग्यालक्सी स्मार्ट ट्यागको  प्राप्त गर्नेछन्।

अनलाइन भुक्तानी
वर्तमान स्थितिलाई ध्यानमा राख्दै सामसुङले अनलाइन भुक्तानीको सुविधा उपलब्ध गरेको छ । यस अन्तर्गत रु ५००० प्रि–बुकिङ रकम विद्युतीय भुक्तानी माध्यमबाट भुक्तानी गर्न सक्दछन् । 

सून्य प्रतिशत ईएमआई
मोबाइल क्षेत्रमा पहिलो पटक सामसुङले ०% ब्याजमा ईएमआई पेश गरेको छ । यस सुविधा अन्तर्गत कम्तिमा रु. ९२०० को १२ किस्ता ग्राहकले तिर्नुपर्नेछ । ईएमआई एनआईसी एशिया बैंङक, एनआईबीएल, नबिल बैंक, सानिमा बैंक र ग्लोबल आईएमई बैंकमार्फत सामसुङ ब्राण्ड स्टोरबाट लिन सकिन्छ । 

एक्सचेञ्ज सुविधा
ग्राहकहरूले अब आफ्नो पुरानो फोन एस२१ सिरिज फोनसँग साट्दा फोनको मूल्याङ्कन सहित रु ३००० रुपैयाँ अतिरिक्त लाभ लिन पाउनेछन् । यो सुविधा आर्को फोन र आईएमएस स्मार्टबाट लिन सकिन्छ ।
प्रि–बुक दराज, स्मार्टडोको, ई–सेवा, सस्तोडिलमार्फत पनि गर्न सकिन्छ ।  

१ वर्षको लागी वन टाइम ब्रेकेज सुविधा
एस२१ सिसिज प्रि–बुकिङ्ग गर्दा ग्राहकहरूले १ बर्षको अवधिको लागि एक पटक ब्रेकेज बिमा पनि पाउँनेछन् । अन्य थप सुविधाका रूपमा, प्रि–अर्डररहरुले थुप्रै ग्यालक्सी गिफ्टहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप