शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध

शुक्रबार, ०९ माघ २०७७, १३ : ४२
शुक्रबार, ०९ माघ २०७७

मकवानपुर । जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन क्षेत्रमा रहेको र थप  विद्यालय कोठा निर्माण गर्न लागेपछि कार्यालयले यही पुस २५ गते भत्काएको बताइएको थियो । ब

कैया गाउँपालिका–१ को ढिकीफेदीमा रहेको वनदेवीकालिका आधारभूत विद्यालयको बन्दै गरेको नयाँ भवन र पुरानो टहरालाई भत्काइएको विद्यालयका प्राचार्य सरलोकुमार कछडियाले गुनासो गरे । कक्षा १ देखि ३ सम्म पठनपाठन हुने सो विद्यालयमा  १०७ विद्यार्थी शिक्षाबाट वञ्चित भएको उनले बताए ।

कार्यालयका प्रमुख इमनाथ पौडेलले सरकारी वनमा भवन बनाउन लागेकाले भत्काइएको बताए । विद्यालयको नयाँ भवन निर्माण विषयमा अर्को गाउँसँग विवादसमेत रहेकाले भवन भत्काउन  त्यहाँका बासिन्दाले सहयोग गरेको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ । 

यो समस्या समाधानका लागि  जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला वन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा एकाइ, बकैया गाउँपालिका र सो विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता थियो । बैठकले यही माघ १५ गतेसम्म गाउँपालिकाले दुई गाउँको सहमति ल्याउनुपर्ने र सहमतिअनुसार वनले सो निर्णयलाई स्वीकार गर्ने सहमति भएको गाउँपालिका उपाध्यक्ष सरला वोलखेले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप