ad
केन्द्रीय संस्करण

अब अन्तरिक्ष यात्रा हुन्छ झन सजिलो र कम खर्चिलो

पुनः प्रयोगमा आउने रकेटको सपना साकार

person explore access_timeमाघ ९, २०७७ chat_bubble_outline0
स्पेस एक्सको पुनप्रयोग गर्न मिल्ने रकेटको परीक्षण



विज्ञानले खोजेका प्रविधि विकासको अन्त्य होइन, सधैँ प्रारम्भ हुने गर्छन्। त्यसैले भनिन्छ– विज्ञान विकासको यात्रा हो  र यस यात्राको गन्तव्य (डेस्टिनेशन ) हुन्न।  अझ उन्नत, अझ जटील, अझ प्रभावशाली, अझ अनुपयुक्त, अझ सटीक... यहाँ न न्यूटन पूर्ण  हुन,  न आइन्स्टाइन,  न टेस्ला, न एडीसन, न प्लाङ्क, न बोहर, न स्टीफन न कुनै अन्य नाम नै।  सबैको आ–आफ्नो महत्व, योगदान  र उपयोगिता छ।

न्यूटनलाई महानतम सम्झिनेहरुले यस कुराको पनि ख्याल राख्नुपर्ने हुन्छ उनी आफूभन्दा पहिलाका दसौं वैज्ञानिकले बनाएको प्लेटफार्ममा उभ्भिएर न्यूटन हुन सकेका थिए।  उनी महानतम हुन् भने उनका लागि प्लेटफार्म तैयार गरी दिने पूर्वका वैज्ञानिकलाई के उपमा दिनु हुन्छ ? आइन्स्टाइन पनि आफ्ना पूर्ववर्ती वैज्ञानिकले बनाई दिएको टॉवरमा चढेर 'टॉवर पर्स्नालिटी' हुन सकेका होइनन र ?

V -२ रकेट (अन्तरिक्षमा पुग्ने पहिलो वस्तु )

 ल रकेट कै कुरा गरौं। पहिलो  रकेट बनाएर उडाउने   श्रेय इतिहासका पानामा  रूसी वैज्ञानिक सर्गेई कोरोलेभ ( Sergei Korolev ) लाई प्राप्त भए पनि चीन र भारतमा हजारौं वर्ष पहिला प्रयोग भएका अग्निबाण,  १५९२ मा पटाखा बनाउने जर्मन नागरिक जोहान स्कमिड्लाइपले बनाएको दुई तल्ले आतिशबाजी,  १६८७ मा 'प्रिन्सिपिआ'  (Principia, ) मा प्रकाशित न्यूटनका गतिसम्बन्धी नियम,  १८९८ मा रूसी शिक्षक  कॉन्स्टैन्टिन  सियोंकोस्कीको लिक्विड प्रोपलेंट्स प्रयोग गरी रकेट बनाउने अवधारणा,  १६ मार्च १९२६ मा अमेरिकन नागरिक रॉबर्ट एच  गोडार्डले लिक्विड प्रोपलेंट्सका रूपमा अक्सिजन  र ग्याँसोलीनको प्रयोग गरी उडाएको  खेलौना रकेट,  १९४२ मा जर्मन नागरिक वार्नर वॉन ब्राउनले बनाएको बैलेस्टिक मिसाइल  अथवा V -२ रकेट (अन्तरिक्षमा पुग्ने पहिलो वस्तु ), १९५० मा अमेरिकाले बनाएका अन्तरमहाद्विपीय मिसाइल (रेड स्टोन,  एटलस, टाइटन)  लाई  बिर्सन सकिन्छ ? यी सबैले संयुक्त रूपमा निर्माण गरेको प्लेटफार्म अथवा टावरमा चढी १९५७ मा सर्गेईले पहिलो सफल रकेट बनाएर रूसलाई सर्वप्रथम अन्तरिक्षमा ( ४ अक्तूबर १९५७ ) पुग्ने अवसर  प्रदान गरे।  यसपछि त अन्तरिक्ष यात्राको मात्रै होइन सुदूरका ग्रह- उपग्रहमा पुग्ने ढोका खुल्यो।

सामान्यतः एउटा रकेटको लागत करोडौं डलर पर्न  जान्छ, यो रकेटले बोक्ने भार ( पेलोड ) माथि पनि निर्भर गर्छ।  र,  अधिकांश रकेट एक पटक मात्रै प्रयोग हुन्थे।  यसैले गर्दा अन्तरिक्ष यात्रा अति महँगो थियो। तर २०२० मा आएर रकेट प्रविधिमा क्रान्तिकारी परिवर्तन आयो। अन्तरिक्ष उद्घोगका लागि २०२० अविस्मरणीय रहने छ।  यसै वर्ष आएर पुनः उपयोग गर्ने सकिने रकेट ( reusable  rocket ) को सपना साकार भयो।

भर्खरै मात्र संसारको  सबैभन्दा धनी मानिस बन्न सफल एलन मस्कको कम्पनी स्पेस एक्सले पुनः प्रयोगमा ल्याउन सकिने फाल्कन -९ रकेट ( falcon -9  rocket ) को सफल परीक्षण  गर्यो ।  उनको यस सफलतापछि प्रसिद्ध स्पेस एजेन्सी नासाले भविष्यमा हुने आफ्ना अन्तरिक्ष यात्राका लागि फाल्कन -९ रकेट को प्रयोग गर्ने सहमति जनाएको छ। अब विस्तारै अन्तरिक्ष उद्घोगमा 'पुन:प्रयोग गर्न मिल्ने रकेट' को प्रचलन बढ्दै जाने छ। यस रकेटको उपयोगले अन्तराष्ट्रिय अन्तरिक्ष प्रयोगशाला  (international  space  station) मा जान आउने र त्यहाँ  रहेका मानिसलाई चाहिने उपभोग्य सामाग्री पठाउन र प्रयोगशालाका निम्ति इन्धन पठाउने खर्चमा ठूलो कमी आउछ।

'पुन:प्रयोग गर्न मिल्ने रकेट' लाई कार झै बुझ्दा हुन्छ।  एक पटक अन्तरिक्ष यात्रा गरेर  फर्के पछि त्यस रकेटले फेरि अन्तरिक्ष यात्रा गर्न सक्छन्।  अब अन्तरिक्ष यात्रामा रकेटको  सम्पूर्ण  लागत खर्च नजोडिएर फ्यूल खर्च र मर्मत खर्च मात्रै जोडिने छ।  यसले गर्दा आउने दिनमा अन्तरिक्ष यात्रा सस्तो हुन्छ।

स्पेस एक्सका संस्थापक एलन मस्क

स्पेस एक्सका अतिरिक्त अर्को अमेरिकन कम्पनी रकेट ल्याब (rocket  lab ) ले आफ्नो इलेक्ट्रोन  रकेटलाई प्रक्षेपित गरी पुनः पृथ्वीमा सफल अवतरण गराएको छ।  अर्को स्पेस कम्पनी 'यूनाइटेड लॉन्च एलाइन्स' (United Launch Alliance) ले आफ्नो एटलस रकेटलाई २६ पटकसम्म प्रयोग गरिसकेको छ।

'पुन:प्रयोग गर्न मिल्ने रकेट' को प्रयोगले अन्तरिक्ष यात्रा दिन प्रतिदिन सस्तो हुन्छ।  आउने एक दशकभित्रै पृथ्वीवासीका निमित्त अन्तरिक्ष पर्यटनको नयाँ  गन्तव्य  बन्न सक्ने सम्भावना बढेको छ। अमेरिका, रूस, चीन, भारत र कतिपय यूरोपियन देशले 'पुन:प्रयोग गर्न मिल्ने रकेट' निर्माण गर्ने दिशामा आफ्नो ध्यान केंद्रित गरेका छन्।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.