शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्रीको उमेर हदबारे काजोलले दिइन् यस्तो जवाफ

शुक्रबार, ०९ माघ २०७७, १५ : ३४
शुक्रबार, ०९ माघ २०७७

एजेन्सी । फिल्म उद्योगमा धेरै उमेर भएका अभिनेत्रीले कम काम पाउने विषयमा बेला–बेला चर्चा भइरहन्छ । यस वर्ष अभिनेत्री काजोलले यसबारे मुख खोलेकी छिन् ।  २९ वर्षदेखि फिल्म उद्योगको हिस्सा रहेकी काजोल भन्छिन्, ‘यो कुरा केही हदसम्म ठिक छ । तर यस्ता उदाहरण पनि  देख्न पाइएको छ, जहाँ कुनै भेदभाव भएको छैन ।’

पछिल्लोपटक अभिनेत्री दिया मिर्जाले यही विषयमा बोलेकी थिइन् । उनले ५० वर्षभन्दा धेरै उमेरका अभिनेताहरुले आफुभन्दा आधा उमेरकी अभिनेत्रीसँग रोमान्सपूर्ण अभिनय गरेको देख्दा अनौठो लाग्ने बताएकी थिइन् । 
यही विषयमा काजोलले उदाहरणसहित भनेकी छिन्, ‘वास्तविकता यही हो कि सर्मिला टैगोर, साधना, नरगिस दत्तलगायत अभिनेत्रीहरुले विवाहपछि पनि लामो समयसम्म काम गरेका थिए । यी अभित्रेनीहरुको उमेर ४० नजिक थियो र उनीहरुले उद्योगमा काम गरिरहेका थिए ।’

काजोलले केही महिला अभिनेत्रीहरुले लगातार काम गरिरहेको बताइन् ।  उनले भनिन्, ‘म आफैं काम गरिरहेको छु र मलाई यसमा गर्व छ । म बलिउडमा उमेरको मुद्दालाई धेरै महत्व दिन्न ।’ उनले कुनै भूमिकाका लागि आफ्नो उमेर बढी भइसकेको छ या छैन भन्ने विषय आफैंले महसुस गर्नुपर्ने बताए ।

‘यदि आमिर खानले ४० वर्षको उमेरमा थ्री इडियट फिल्ममा एक कलेज स्टुडेन्टको भूमिका खेल्नसक्छन् भने म किन सक्दिन । उनलाई लागेको थियो कि यस्तो गर्नसक्छु र केही स्पेशल इफेक्टस्हरुको सहयोगले उनले यस्तो गरे पनि,’ उनले भनिन्,‘यदि तपाईलाई म यो काम गर्नसक्छु भन्ने लाग्छ भने तपाई र्ग सक्नुहुन्छ । तर, यदि तपाईलाई सक्दिनजस्तो लाग्छ भने तपाईलाई काम मिल्दैन ।’ 
भर्खरै रिलिज भएको फिल्म त्रिभंगामा काजोलले एक ओडिसी डान्सरको भूमिका निभाएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप