शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्त सिंहको सम्मानमा सडकको नामाकरण

शुक्रबार, ०९ माघ २०७७, १५ : ४५
शुक्रबार, ०९ माघ २०७७

एजेन्सी । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको सम्मानमा दक्षिणी दिल्लीको एन्ड्रियुजगन्जस्थित एक सडकको नामाकरण हुने भएको छ । दक्षिण दिल्ली नगर निगमले यससँग सम्बन्धित प्रस्तावलाई मन्जुरी दिइसकेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

निगमका पार्षद अभिषेक दत्तले सेप्टेम्बरमा यो सडकको नामाकरण सुशान्तको नामबाट गर्नुपर्ने प्रस्ताव लगेका थिए । एन्ड्रियुजगन्जदेखि इन्दिरा क्याम्पसम्म जाने सडकको एक हिस्साको नाम सुशान्त सिंह राजपूत मार्ग राख्नुपर्ने माग दत्तले राखेका थिए । 

सुशान्त सिंहको ३५ औं जन्मदिनका अवसरमा २१ जनवरीमा यो विषयलाई सार्वजनिक गरिएको हो । १४ जुनमा मुम्बईको बान्द्रास्थित आफ्नो घरमा सुशान्त मृत अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गरेको आशंका गरिएको छ । जन्मदिनका अवसरमा समर्थकहरुले यी अभिनेतालाई संझदैं उनको असामयिक निधनबारे पनि चर्चा गरेका छन् । 

सुशान्तले पिके, एमएस धोनी– द अनटोल्ड स्टोरी, केदारनाथ,छिछोरेलगायत फिल्ममा अभिनय गरेका थिए । दिल बेचारा सुशान्तको अन्तिम फिल्म हो, उनको मृत्युपछि प्रदर्शनमा आएको यो फिल्म निकै सफल भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप