शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पारित गर्यो १०.२६% बोनस सेयर

शुक्रबार, ०९ माघ २०७७, १८ : १०
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १०.२६९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

बैंकको आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको हो । 

यसै साधारण सभाले संस्थापक समूह “क” बाट तीन (३) जना र सर्वसाधारण समूह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । 

सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समूह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समूह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् । 

साथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस सेयर पश्चात यस बैंकको चुक्ता पुँजी रु. १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आÇना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । 

बैंकले आर्थिक वर्ष २०७६/७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप