बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु

शुक्रबार, ०९ माघ २०७७, १८ : ५२
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।  टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जनको बिहीबार राति मृत्यु भएको हो । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हुँदा टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप