बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शनिवारदेखि

शुक्रबार, ०९ माघ २०७७, २१ : १०
शुक्रबार, ०९ माघ २०७७

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न सो विशेष महाधिवेशन डाकिएको हो । 

विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक सो अधिवेशन भर्चुअल (जुम) मार्फत् गर्ने तयारी गरिएको छ । शनिवार बिहानदेखि दुई दिनसम्म चल्ने सो अधिवशेनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ ।

अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा। उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक राम प्रताप थापा लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । 

सो अधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिले सहभागी हुने संघले जनाएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठमा अनुसार सो अधिवेशनमा सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा पारित हुन नसेको आर्थिक प्रतिवेदन पुनः प्रस्तुत गर्ने तयारी संघले तयारी गरेको छ । महाधिवेशनमा संघका महासचिव डा। हेमराज शर्माले वार्षिक प्रतिवेदन पेश गर्ने छन् । 

सर्वसम्मतको विधान संशोधन प्रस्ताव पेश हुने ( गैरआवासीय नेपाली संघको पुनःर्संरचनाको लागि सो महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेश हुने भएको छ । 

संघको अभियानमा दीर्घकालीन असर पर्ने महत्वपूर्ण विषयमा विधान संशोधन गर्नुअघि व्यापक छलफल र सहभागिताको माग गर्दै देखिएका अन्तुष्टिहरुलाई समेत समेटेर सो अधिवेशनमा सर्वसम्मत रुपमा साझा विधान संशोधनको प्रस्ताव पेश हुने संघका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् । 

यसअघि संघले पूर्वप्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा सत्र–सत्र सदस्सीय विधान संशोधन सुझाव समिति गठन गरेको थियो । सोही समितिको सिफारिसलाई आधार बनाएर संघले विधान संशोधनको साँझ प्रस्ताव तयार गरेको हो । 

यसअघि परराष्ट्र मन्त्रालयले भर्चुअलमाध्यबाट विशेष महाधिवेशन गर्नेको लागि स्वीकृति दिएको थियो । संघले संस्थागत संरचना, एनआरएनए फाउन्डेशन, सदस्यता शुल्क, विज्ञको सहभागिता, राष्ट्रिय महाधिवेशनलगायतका विषयमा विधान संशोधनको तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप