
संगीतकर्मी कृष्ण गन्धर्व ‘लोक बहादुर स्मृति पुरस्कार’

काठमाडौं । संगीतकर्मी कृष्ण गन्धर्व ‘लोक बहादुर स्मृति पुरस्कार’बाट सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शुक्रबार काठमाडौंको टोखामा आयोजित २० औं वार्षिक साधारण सभामा उनलाई १५ हजार नगद सहित सो सम्मान प्रदान गरिएको हो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनीसँगै वर्तमान अध्यक्ष रमेश विजी र टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीलगायतले उनलाई फुलमाला र प्रमाणपत्रले सम्मान गरेका थिए ।
सोही अवासरमा ११ हजार नगद सहित ‘लोक पत्रकारिता पुरस्कार’बाट सञ्चारकर्मी सिताराम बडाल तथा नेपाली लोक संगीतमा विद्यावारिधी गरेका डा. राम प्रसाद घिमिरे समेत सम्मानित भए ।
कार्यक्रममा कोरोनाकालमा कलाकारहरुलाई सहयोग पु¥याएका पृथ्वी थकाली र विनोद श्रेष्ठलाई समेत सम्मान दिइयो । कार्यक्रममा आजीवन सदस्य बनेका संगीतकर्मीहरुलाई पनि कदर तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजीले प्रतिष्ठानलाई दिवंगत श्रष्टाहरुको बैकुण्ठ तथा पुण्यभुमी बनाउने योजना रहेको बताए । ‘बाजा संग्रहालय, संगीतालय स्थापना गर्ने सपनाले मुर्त रुप लिँदैछ । मलाई आफ्ना अनुभव साँटेर आफुलाई सहयोग गर्ने पुर्व अध्यक्षहरु प्रति आभार व्यक्त गर्दछु’ रमेशले भने ।
कार्यक्रममा लोकबाजा संकलन सहितको संग्रहालय स्थापना, संगीत बिकास बोर्ड गठन प्रक्रियामा पहल, हालसम्म गठन नभएका जिल्ला र विदेश शाखाहरुमा संगठन विस्तारलगायतको प्रतिस्ठानको आगामि दिनको योजना रहेको समेत बताइएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ