
चीनमा आगलागीका कारण मृत्यु हुनेको सङ्ख्यामा १३.६ प्रतिशतले कमी
एजेन्सी । सन् २०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले कमी सरकारी अधिकारीले शुक्रबार बताएका छन् । विपत् व्यवस्थापन मन्त्रालयले एक विज्ञप्तिमार्फत दिएको जानकारीमा गत वर्ष चीनमा दुई लाख ५२ हजार आगलागीसम्बन्धी दुर्घटनामा भएका थिए भने यो अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कमी हो ।
आगलागीका कारण चीनमा गत वर्ष प्रत्यक्ष रूपमा ६२ करोड ५९ लाख अमेरिकी डलर बराबरको क्षति भएको र यो सन् २०१९ को तुलनामा ०.५ प्रतिशतले कमी हो । यसैबीच चीनमा हुने गरेका झण्डै ५० प्रतिशत आगलागीका घटना ग्रामिण क्षेत्रमा हुने गरेको पनि अधिकारीले बताएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ