
भजन सम्राट नरेन्द्र चञ्चलको निधन

मुम्बई । भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको निधन भएको छ । ८० वर्षका चञ्चलको शुक्रबार बिहान निधन भएको हो । लामो समयदेखि बिरामी रहेका चञ्चलको उपचारको क्रममा दिल्लीको अपोलो अस्पतालमा निधन भएको हो ।
चञ्चल शास्त्रीय संगीतमा मात्र नभएर लोक संगीतमा पनि मानिसको मन जित्न सफल थिए । उनले कयौं प्रसिद्ध भजनको अलवा हिन्दी फिल्ममा पनि गीत गाएका छन् ।
चञ्चलले गाएको फिल्म ‘अवतार’ को भजन ‘चलो बुलावा’ निकै प्रसिद्ध छ । उनले बबी फिल्मको ‘बेशक मन्दिर मस्जिज तोडो’, बेनाम फिल्मको ‘मै बेनाम हो गया’ गीत गाएका थिए । हालै पनि उनले कोरोनालाई लिएर एक गीत बनाएका थिए । जुन चर्चित भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ