शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमोद खरेलको नयाँ गीत 'दोष' सार्वजनिक

शनिबार, १० माघ २०७७, ११ : ०६
शनिबार, १० माघ २०७७

काठमाडौँ । गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत 'दोष' सार्वजनिक भएको छ । 

शुक्रबार साँझ एक कार्यक्रमका बीच उक्त गीत युट्युबमा सार्वजनिक भएको हो ।

उक्त गीतमा गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्द रचनामा पछिल्लो पुस्ताका लोकप्रिय संगितकार रोशन सिंहको उत्कृष्ट  संगित रहेको छ । 

म्युजिक भिडियोमा मोडल सनम कठायतको अभिनय रहेको छ । भिडियोमा सनमसँगै अस्मिता पन्त, सन्कर कोइराला र आबृती कोइरालाको समेत अभिनय रहेको छ । 

विकाश दाहालको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन रहेको उक्त भिडियोको कथाः परिकल्पना मोडल स्वयं सनम कठायतकै रहेको छ भने निर्देशन अन्जन शर्माले गरेका छन्। 

उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप