बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा एक व्यक्तिको विभत्स हत्या, तीन जना पक्राउ

शनिबार, १० माघ २०७७, १२ : ५५
शनिबार, १० माघ २०७७

दाङमा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति विभत्स हत्या भएको छ । मोतिरामको हत्या आरोपमा गाउँकै ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका छन् । प्रहरीले यी तीनै जनालाई बिहीवार मध्यरातमा घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार ती तीन जनाले मोतिरामलाई घरभित्रै घुसेर विभत्स हत्या गरि घरदेखि ६ सय मिटर टाढा घिसार्दै लगेर कुलोमा फालेको अवस्थामा शव माघ ८ गते बिहान फेला परेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी चन्दका अनुसार घटना बुधवार मध्यराततिर घटेको जानकारी दिए ।

‘मोतिलालसहित तीन काका भतिज मिलेर सुतेका मोतिरामलाई घर भित्रै घुसेर निकाली लाठी र दाउराको चिर्पटले प्रहार गरि मकैबारीमा हत्या गरेपछि राति नै घिसार्दै लगेर कुलोमा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी चन्दले भने ‘ पक्राउ परेका तीनै जनाले घटना आफूहरुले नै घटाएको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् ।’

हत्या गरिएका मोतिराम आफ्नो सानो झिंगटीले बारेको घरमा एक्लै बस्दै आएका थिए । उनले हालसम्म बिबाह गरेका थिएनन् भने उनकी आमा उनी नाबालक छँदा नै बितेको र बाबुपनि बेपत्ता भएका थिए । मोतिराम सानैदेखि माउली घरमा बसेर हुर्केको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

एसपी चन्दका अनुसार हत्या भएकै दिन माघ ७ गते बेलुकी पख मोतिराम छिमेकी मोतिलालको छोरीको बिहे भएको हुँदा त्यही पुगेका थिए । जहाँ मोतिरामले बिजुली बत्तिको बल्ब निभाइदिने वा फोर्ने जस्ता काम गरेका थिए ।

बिहे घर अन्धकार बनाउन खोजेपछि किन त्यसो गरेको भनेर मोतिलाल लगाएका मानिसहरुले उनलाई सामान्ने धक्कापक्का गर्दै लखेटेका थिए । त्यसपछि मोतिराम भाग्दै गएर आफ्नो घरमा सुतेका थिए ।उनी सुतिसकेपछि तीन जना काका भतिज मिलेर मोतिराको घरमै पुगी उनको बिभत्स ह’त्या गरेको प्रहरीले बताएको छ ।
त्यसअघि झन्डै ६ महिना अगाडि मोतिराम र मोतिलालका बीचमा सामान्ने झैंझगा समेत भएको थियो । त्यतिबेला उनीहरुले एक अर्का विरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा समेत दायर गरेको अनुसन्धानमा देखिएको छ ।

त्यही पुरानो रिसीबिका कारण मोतिराम मोतिलालको बीचमा बोलचाल थिएन । सोही पुरानो रिसिबीलाई नै ह’त्याको प्रमुख कारण जस्तो देखिन आएको प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनै जना घटना लगतै फरार रहेका थिए । तर उनीहरु सबै फेरि माघ ८ गते मध्यरातमा घरमा आएको खवर पाएलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ परेका तीनै जना विरुद्ध ज्यान मार्ने मुद्धामा  दाङ देउखुरी जिल्ला अदालतबाट थप अनुसन्धानका लागि शुक्रवार १० दिनको म्याद थप भएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप