मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

समिर र अञ्जुको ‘झम्के माया’मा स्वस्तिमाको डान्स

शनिबार, १० माघ २०७७, १४ : ३२
शनिबार, १० माघ २०७७

काठमाडौं । गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘झम्के माया’ सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ । 
गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेत्री स्वस्तिमा खड्का र मोडल राहुल शाहको अभिनय देख्न सकिन्छ । भिडियोमा स्वस्तिमाले नृत्य गरेकी छन् ।

गीत र भिडियोले दर्शकको मन जित्ने अपेक्षा गायक गायिकाको रहेको छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप