बागमतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन
माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् ।
वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । बिहान दुई घण्टा भएको सफाइमा करिब १०० जना अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाले व्यवस्थापन गर्न गाडीमा राखेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ ।
सफाइमा आलोकनगरका अभियानकर्मीको पनि सक्रियता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, आलोकनगर, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा प्रत्येक हप्ताका शनिबार सफाइ गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर