केन्द्रीय संस्करण

कर्णालीमा पहिलो चरणमा साढे ११ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

person explore access_timeमाघ ११, २०७७ chat_bubble_outline0

पंखबहादुर शाही 

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी थालिएको छ । जसमध्ये पहिलो चरणमा साढे ११ हजारलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

१० ओटा जिल्ला रहेको कर्णालीमा पहिलो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने व्यक्तिहरुलाई लगाउने तयारी छ  । त्यसका लागि आइतबार स्वास्थ्य मन्त्रालयले खोेप पठाउने भएको छ । कर्णालीका १० जिल्लामध्ये डोल्पा जिल्लामा एक हजार दुई सय ६३, मुगु जिल्लामा एक हजार नौ सय नौ, हुम्ला जिल्लामा एक हजार सात सय ५४, जुम्ला जिल्लामा तीन हजार सात सय ३५, कालिकोट जिल्लामा चार हजार सात सय ५४, दैलेख जिल्लामा आठ हजार आठ सय ८४, जाजरकोट जिल्लामा पाँच हजार नौ सय २१, रुकुमपश्चिम जिल्लामा पाँच हजार ९२, सल्यान जिल्लामा आठ हजार एक सय ३६, सुर्खेत जिल्लामा  १२ हजार चार सय ५६ जनालाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना बिरुद्धको खोप भण्डारणका लागि सुर्खेतका दुई वटा कोल्डस्टोरमा २८ लाख ७३ हजार चार सय डोज राख्न सकिने क्षमता रहेको छ । 

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, कोरोना व्यवस्थापन गर्ने कर्मचारी,एम्बुलेन्स  चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा महिला स्वास्थ्य स्वयम्सेविकालाई खोप दिइने छ । ‘हामीले ११ हजार ५ सयलाई पहिलो चरणमा खोप दिने निर्णय गरेका छौँ,’ उनले रातोपाटीलाई भने, ‘पहिलो चरणमा जिल्लालाई आएको खोप पनि आधा–आधा दिइने छ ।’ जिल्लागत विवरण पठाइएको उनले बताए । सम्पूर्ण जिल्ला अस्पतालबाट दिइने छ,’ उनले भने ।

पहिलो चरणमा खोप दिइने मध्ये सबैभन्दा धेरै सुर्खेत रहेको उनले बताए । नेपाल सरकारले स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोकेको छ । कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.अनुज भट्टचनलाई खोप अभियानको संयोजक तोकेको हो ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.