शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६० वर्षको करियरमा ५० हजार बढी अन्तरवार्ता लिएका अमेरिकाका दिग्गज ‘टक शो होस्ट’ को निधन

आइतबार, ११ माघ २०७७, ०८ : ०८
आइतबार, ११ माघ २०७७

अमेरिकाका दिग्गज टक शो होस्ट ल्यारी किङ्गको लस एन्जिलिसमा निधन भएको छ । उनी ८७ वर्षका थिए । 

निर्माण कम्पनी आरा मिडियाका अनुसार शनिबार ल्यारी किङ्गको निधन भएको हो । अमेरिकी मिडियाका अनुसार अघिल्लो महिनामात्रै उनको कोभिड–१९ को उपचार गरिएको थियो । 

ल्यारी किङ्गले आफ्नो ६ दशकको करियरका बेला २५ वर्षसम्म सीएनएनमा आफ्नो कार्यक्रम चलाएका थिए र यतिबेला उनले फिल्म, राजनीति र खेल जगतका चर्चित हस्तीसँग अन्तरवार्ता गरेका थिए । 

उनले आफ्नो करियरमा करिब ५० हजार अन्तर्वार्ता लिएको बीबीसीले जानकारी दिएको छ । 

पछिल्ला केही वर्षमा उनको स्वास्थ्यमा विभिन्न समस्या देखिए । उनको हृदयघात पनि भइसकेको थियो । 

किङ्गका सातजना महिलासँग आठ पटक विवाह भयो । उनका पाँच सन्तान थिए जसमध्ये दुईजनाको अघिल्लो वर्ष एक हप्ताको अन्तरालमा निधन भयो । छोरी चाइयाको फोक्साको क्यान्सरका कारण निधन भएको थियो भने छोरा एन्डीले हृदयघातका कारण ज्यान गुमाएका थिए । 

किङ्गले गेराल्ड फोर्डदेखि बराक ओबामासम्म अमेरिकाका प्रत्येक राष्ट्रपतिको अन्तर्वार्ता  लिएका थिए । यसका साथै उनले विश्वका थुप्रै चर्चित नेतासँग पनि अन्तर्वार्ता लिए । उनका अन्य हाई प्रोफाइल पाहुनामा डा. मार्टिन लुथर किङ्ग, दलाई लामा, नेल्सन मन्डेला र लेडी गागा पनि समावेश छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप