ग्रीन लाइफको आइपिओ माघ २३ बाट बिक्री खुला हुने
आइतबार, ११ माघ २०७७, १२ : ११
ग्रीनलाइफ हाइड्रोपावरको माघ २३ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्री खुला गर्नेछ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाइ बिक्री गरेर बाँकी रहेको सेयर थप गरेर सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको हो ।
६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा फागुन ७ गतेसम्म खुला रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद