बजारले भनेका कुराको पछि लाग्दैनौँ : प्रधानन्यायाधीश
काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले बजारमा निस्किएका कुराबाट न्यायालय प्रभावित नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि आइतबार भएको सुनुवाइका क्रममा उनले न्यायालयका बारेमा बजारले भनेका कुराको पछि नलागि न्यायसम्पादन गर्न आफूहरु लागिपर्ने बताए ।
आइतबार रिटमाथि बहसका क्रममा अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट न्यायालयको मानहानी भएको भन्दै बेञ्चको ध्यानाकर्षण गराएपछि प्रत्युत्तरमा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन’ भनेका थिए । प्रधानमन्त्रीले रिटमाथि न्यायालयमा बहस गर्न गएका कानुन व्यवसायीलाई ‘तमासा देखाउन गएको’ भनेर टिप्पणी गरेका कारण न्यायालयको मानहानी भएको अधिवक्ता त्रिपाठीको भनाइ थियो ।
लगत्तै प्रधान न्यायाधीश जबराले प्रधानमन्त्रीले मात्र नभइ पूर्व प्रधानमन्त्रीहरुले समेत बोलेका कुराहरु पनि न्यायालयको गरिमाविपरीत रहेको पाइएको जिकिर गर्दै तत्काल बजारका त्यस्ता कुराहरुमाथि आफूहरु केन्द्रित नहुने प्रस्ट पारे । उनले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटहरुमाथि केन्द्रित रहेर यस विषयलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउँदै मुलुकलाई निकास दिनु नै अहिलेका लागि आफुहरुको प्राथमिकता रहेको बताए ।
प्रधान न्यायाधीश राणाले बजारमा भइरहेका टिप्पणीबाट न्यायालय रत्तिभर प्रभावित नहुने पनि प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार