महालक्ष्मी लाइफ इन्सुरेन्सले पनि आईपीओे ल्याउने
आइतबार, ११ माघ २०७७, १३ : २०
महालक्ष्मी लाइफ इन्सुरेन्सले आईपीओे प्रस्ताव पारित गराउन फागुन ३ गतेलाई साधारणसभा बोलाउने भएको छ । महालक्ष्मीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन ।
कम्पनीको रजिष्टर्ड कार्यालयलको ठेगाना परिवर्तन गर्ने र सोही बमाजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै