नेपाल–चीन सीमा स्तम्भहरुको प्रतिवेदन माग गर्दै धर्ना
राष्ट्रिय अभियान नेपालले नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिकको माग गर्दै नापी विभागको आगाडी धर्ना शुरु गरेको छ । अभियानका संयोजक विनय यादवले नापी विभागसँग नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोओर्डिनेट, सीमा स्तम्भहरुको पछिल्लो सुपरिवेक्षणको प्रतिवेदन पटक–पटक माग गरेको तर हालसम्म उपलब्ध नगराएको कारण धर्ना बस्न बाध्य भएको बताए ।
चीनले नेपालको भूमि मिचेको कुरा पटक–पटक बाहिर आएको हो तर नेपाल तथा चीनका सरकारले त्यो कुरा स्वीकार नगरेको हुँदा वास्तविकता के हो बुझ्नका लागि प्रतिवेदन माग गरेको तर हालसम्म नापी विभागले उपलब्ध नगराएको कारण आफूहरु धर्नामा बसेको बताए । नेपाली काँग्रेसले चीनले नेपालको भूमि मिचेको कुरा प्रमाणसहित प्रतिवेदन तयार गरेको छ । सञ्चारमाध्यममा पनि पटक–पटक कुरा आएको छ तर सरकार यसमा गम्भीर नभएको कारण अभियानले सत्य तथ्य खोजीका लागि नापी विभागसँग केही तथ्यहरु माग गरिएका उनले बताए ।
यो धर्ना माघ १३ गतेसम्म चल्नेछ । त्यसपछि पनि दिएन भने पुनः चरणबद्ध आन्दोलनको घोषणा गर्ने उनले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य