बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले जनादेशलाई अपमान गरेः महन्थ ठाकुर

आइतबार, ११ माघ २०७७, १६ : ०६
आइतबार, ११ माघ २०७७

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशमा स्थिर सरकार नदिएको टिप्पणी गरेका छन् । जनताले आफ्नो प्रतिनिधि पाँच वर्षका लागि चुनेको भएपनि तीन वर्षमै भंग गरेको टिप्पणी गर्दै उनले जनताको प्रधानमन्त्री केपी ओलीले जनादेशलाई अपमान गरेको आरोप लगाए । 

जसपा नेपाल र नेपाल लोकतान्त्रिक पार्टी बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको आन्दोलन केका लागि ? त्यो कुरा स्पष्ट हुनुपर्ने कुरामा जोड दिए ।

‘सर्वप्रथम यो संविधान नै अपूरो छ’, उनले भने, ‘मधेशी, आदिवासी, जनजातीलाई संविधानमै विभेद गरिएको छ र त्यसलाई अन्त्य गर्ने काम हालसम्म भएको छैन ।’ उनले थपे, ‘प्रतिनिधिसभा विघटनको विषय अदालतमा पुगेको छ, यदि प्रतिनिधिसभा पुनःस्थापना भयो भने सत्ता कसको हातमा जान्छ ? जसले  विघटन गर्यो उसैको हातमा जान्छ र त्यसपछि त्यो द्वन्द्व कायम नै रहन्छ ।’

देश चुनावतिर गयो भने ओलीको कदम सही रहेको कुरा पुष्टि हुने बताउँदै उनले त्यस अवस्थामा पनि आफूहरुको आन्दोलन भइरह्यो भने अदालतको विरुद्धमा जसपा नेपाल गयो भने सन्देश जाने बताए । यसरी हेर्दा देश ठूलो संकटको अवस्थामा गुज्रिरहेको बताउँदै उनले यसलाई जसपा नेपालले अवसर र चुनौती दुवै रुपमा लिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप