ad
केन्द्रीय संस्करण

सेयर बजारमा ५० अंकको वृद्धि, टेलिकमको सम्पत्ति २ खर्ब नाघ्यो

person explore access_timeमाघ ११, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल टेलिकम लगायत ठूला कम्पनीको शेयरमूल्य उच्च रुपले बढ्दा सेयर बजार परिसूचकमा आइतबार पनि उछाल आएको छ । सेयर बजार परिसूचक नेप्से ५० अंकले बढेको छ । आइतबार ५०.२१ अंकले वृद्धि भइ २ हजार ४ सय २४ दशमलव ८४ अंकमा पुगको हो । यो दिन कुल ९ अर्ब ३७ करोडको कारोबार भएको थियो । 

यो दिन टेलिकम रहेको अन्य समूह ५.६९ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र हाइड्रोपावर समूह पनि २ प्रतिशत भन्दा माथि वृद्धि देखिएको छ । व्यापारमूलकबाहेक अरु सबै समूहको मूल्यमा वृद्धि देखिएको छ । सबै परिसूचक वृद्धि भए पनि समग्र बजारमा उच्च उछाल आउनुको कारण भने टेलिकमको मूल्यमा भएको बढोत्तरी नै हो । 

आइतबार एकैदिन बजार पुँजीकरणमा ६८ अर्बको वृद्धि हुँदा नेपाल टेलिकमको पुँजीकरण मात्रै ८ अर्बले बढेर २ खर्ब रुपैयाँ नाघेको छ । आइतबार पोखरा फाइनान्स, ग्रामीण विकास लघुवित्त, मिथिला लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ भने अरु ११ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा बढी मूल्य भने नारायणी विकास बैंकको करिब १० प्रतिशतले घटेको छ । 

आज कारोबार भएका १ सय ७६ कम्पनीमध्ये १ सय १९ कम्पनीको मूल्य बढेको छ । आजको अन्तिम कारोबारका आधारमा बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब पुगेको छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.