मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा रौतहट र बारामा २ को मृत्यु

आइतबार, ११ माघ २०७७, १७ : ०८
आइतबार, ११ माघ २०७७

प्रदेश नम्बर २ रौतहट र बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ स्थित चैनपुरमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको बारा प्रहरीले जनाइएको छ । प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गुप्ताको उपचारका क्रममा बीरगंज स्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यान चालकको घटनास्थलमै मृत्यु भएको छ ।
ना ५ त ९२ ८३ नम्बरको ट्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९ स्थित  राजेशकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप