बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब सेवाग्राहीले सरकारी राजस्व आइएमई एपमार्फत दाखिला गर्न सक्ने

आइतबार, ११ माघ २०७७, १८ : १४
आइतबार, ११ माघ २०७७

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एनसीएचएल राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि उक्त सम्झौता भएको हो । यो त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए । 

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाएका छन् । उनले विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पु¥याउन र सरकारी कर तथा राजश्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप