
पीछडावर्ग ओबिसीको अध्यक्षमा रामकुमार महतो निर्वाचित

जनकपुर । ओबिसीको राष्ट्रिय अध्यक्षमा राम कुमार महतो निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष महतोसहित ४१ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
जनकपुरधाममा चलिरहेको ओबिसीको राष्ट्रिय महाधिवेशन सक्न दुई दिन बाँकी छँदै ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको राष्ट्रिय महाधिवेशन आयोजक समितिले जनाएको छ ।
सम्पूर्ण कार्यसमितिमा समेत पदाधिकारीदेखि सदस्यसम्म निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कालेश्वर महतोले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सह–महासचिव २ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना, सह–कोषाध्यक्ष १ जना रहेको उनले जनाए ।
त्यस्तै महिला सदस्य पदमा १० जना र पुरुष सदस्यमा १८ जना गरि ४१ जनाको कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । महतो दोश्रो पटक अध्यक्ष बनेका छन् ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत महतोले प्रमाण पत्र वितरण र पद तथा गोपनियताको सपथसमेत खुवाएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ