शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड-माधव पक्षले सोमबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने

आइतबार, ११ माघ २०७७, १९ : ०९
आइतबार, ११ माघ २०७७

काठमाडौं । प्रचण्ड–माधव पक्षले सोमबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा अन्य दल र नागरिक समाजसँग समेत सहकार्य गरी संयुक्त आन्दोलनका कार्यक्रमहरुलाई अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । 

माघ ९ गतेको जनप्रदर्शन भव्य रुपमा सम्पन्न भएको निश्कर्ष निकाल्दै भोलि अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप