शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ओ माइ लर्ड’ मा वर्षा र जिवेशको रोमान्स

आइतबार, ११ माघ २०७७, १९ : २१
आइतबार, ११ माघ २०७७

काठमाडौं । गायिका एलिना चौहान र नव गायक आकाश मगरको स्वर रहेको गीत ‘ओ माइ लर्ड’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक मगरकै संगीत रहेको छ ।  गायक मगर र दीपक पाठकको शब्द रहेको गीतमा लिलरक लुकको संगीत संयोजन छ ।

युवायुवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा अभिनेत्री वर्षा शिवाकोटी र जिवेश सिंह गुरुङको अभिनय देख्न सकिन्छ ।  रुपेश थापाको छायाँकन सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियो विजेश पौडेलले सम्पादन गरेका हुन् । भिडियो जिवेश सिंह गुरुङले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप