शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीका तीन जिल्लामा विद्युत अवरुद्ध

आइतबार, ११ माघ २०७७, १९ : ३२
आइतबार, ११ माघ २०७७

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने हर्रेमा विद्युतको तार चुट्टिँदा कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।  कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाईन अन्तर्गत हर्रे नजिक तार चुट्टिँदा प्रशारण लाईनअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोटका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन पुगेको विद्युत प्राधिकरण कार्यालय सुर्खेतले जनाएको छ । 

‘तार सडक नजिकै चुट्टिऐको खबर आएको छ,’ विद्युत प्राधिकरण कार्यालय सुर्खेतका प्रमुख टंकराज गिरीले भने, ‘मर्मतका लागि टीम त्यसतर्फ गएको छ । मर्मत पश्चात विद्युत सेवा सुचारु हुन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप