शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाबाट केपी ओली निष्कासित : बालुवाटार प्रतिक्रिया विहीन

आइतबार, ११ माघ २०७७, १९ : ५२
आइतबार, ११ माघ २०७७

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

प्रचण्ड नेपाल नेतृत्वको नेकपाले लिएको निर्णयबारे प्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयसँग रातोपाटीले टेलिफोन सम्पर्क गर्दा कुनै प्रतिक्रिया आएन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसबारे आफूहरुसँग कुनै प्रक्रिया नभएको बताए । 

फोनमा झोकिँदै उनले भने, 'उहाँहरुले के के कारबाही गर्नुहुन्छ ? मलाई के थाहा हुन्छ ? मेरो कुनै प्रतिक्रिया छैन । मैले तपाईंहरुसित यत्ति कुरा गर्न चाहेँ ।' अनि थापाले फोन राखे । 

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि आइतबारको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप